तेलेगु अभिनेता शिवाजीलाई हृदयघात, आईसीयूमा भर्ना

Posted on: May 08, 2020
(एजेन्सी)

गएको मंगलबार साउथ चलचित्रका चर्चित अभिनेता शिवाजी राजालाई हृदयघात भएपछि हैदरावादको एक अस्पतालमा भर्ना गरिएको छ। हृदयघात भएपछि उनी वेहोस भएका थिए । उनलाई तत्कालै अस्पताल भर्ना गरिएको थियो ।


५८ वर्षीय राजाको आईसीयूमा उपचार भइरहेको छ। अहिलेसम्म चार सयभन्दा बढी तेल्गु चलचित्रमा काम गरेका उनी दर्शकमाझ निकै लोकप्रिय छन्। उनी अभिनित चलचित्र 'निभेवारो', 'विनोदम','विरोधी', 'मुरारी' लगायत हिट छन्।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]