मुम्बई/(एजेन्सी)
बलिउड जगतमा रणवीर कपुर र आलिया भट्टको प्रेम सम्बन्धबारे खुब चर्चा भइरहन्छ। उनीहरु लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्। उनीहरुले आफूहरुको प्रेमबारे मिडियामा समेत खुलस्त बोलेका छन्। यी दुईको प्रेम सम्बन्ध बारे सामाजिक सञ्जालमा बिभिन्न कुराहरु पनि आइरहेका हुन्छन्। केही समयअघि यी दूइले आफनो प्रेम सम्बन्धलाई छिटै बिवाहमा परिणत गर्ने बताएका थिए। स्वर्गीय ऋषि कपूरलाई पनि छोरा रणवीरको बिवाह हेर्ने खुब इच्छा रहेको थियो। तर ऋषिको यो इच्छा अधुरै रहयो । उनी आज भन्दा एक हप्ताअघि नै संसारबाट बिदा भइसकेका छन्।
हालै भारतिय मिडियाले एउटा नयाँ कुराको जानकारी दिएको छ। मिडियाका अनुसार ऋषि कपूरले रणवीर र आलियाको सम्बन्ध त्यति मन पराउदैनथे । रणवीरको बिवाह उनी आलियासँग नभई अरु कसैसँग गर्न चाहन्थे। ऋषिको नजरमा रणवीरको लागि उपयुक्त जोडीको नाम भने खुलाइएको छैन।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नवगायिका बिनिता पौड्याल सुवेदिको पहिलो
January 16, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली मोडलिंग क्षेत्रमा सयौं म्युजीक भ
January 14, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: