मुम्बई/(एजेन्सी)
लकडाउनका कारण पछिल्लो समय बलिउड सुपरस्टार सलमान खान आफ्नो पनवेल फार्म हाउसमा बस्दै आएका छन्। यसकारण फिल्मी कारोवार बन्द भएपछि उनी घरबाटै केही फिल्म सम्बन्धि कामहरु गर्दै आएका छन्। उनले हालै एक नयाँ गीतको भिडियो आफनै अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरेका छन्। 'तेरे बिना' बोलको गीतको भिडियोमा सलमानले अभिनेत्री ज्याकलिन फर्नान्डेजसँग रोमान्स गरेका छन्। सलमानले आफैले निर्देशन गरेको गीतमा सब्बिर अहमदको शब्द र आदित्य देवको संगीत संयोजन रहेको छ ।
अहिले सलमान खान र ज्याकलिन फर्नान्डेज एकसाथ सलमानको पनवेल फार्म हाउसमा बस्दै आएका छन्। यस बिषयलाई लिएर बलिउडमा बिभिन्न चर्चा परिचर्चा भइरहेको छ। कुनै समय बलिउडमा सलमान र ज्याकलिनबीच प्रेम सम्बन्ध रहेको कुरा चर्चामा थियो। तर उनीहरुले यस चर्चालाई चर्चा मात्र रहेको बताएका थिए। उनीहरु आफूहरु एक असल र मिल्ने साथी मात्र रहेको बताउँदै आएका छन्।
अहिले पनि उनीहरु सँगै बसेको खबरले फेरी उनीहरुबीच प्रेम सम्बन्ध रहेको आशंका उत्पन्न भएको छ। तर ज्याकलिनले मानिसहरुको आशंकालाई मध्यनजर गर्दै आफूहरुबीच प्रेम नभएको र सलमानको फार्म हाउसमा बस्न कसरी आफू बाध्य भएको भन्नेबारे स्पष्ट पारिदिएकी छिन्। लकडाउन हुनु अघिदेखि ज्याकलिन सलमान खानको फार्महाउसमा काम विषेशले बसेकी थिईन्। त्यतिबेलै भारतिय सरकारले एक्कासी लकडाउनको घोषणा गरेपछि उनी फार्महाउसमै रोकिएको उनले बताएकी छिन्।
song:
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: