‘पुष्पा’मा ६ मिनेटको दृश्यको लागि ६ करोड चार्ज गर्दै अल्लु अर्जुन

Posted on: May 12, 2020
मुम्बई/(एजेन्सी)

भारतमा लकडाउन खुल्ने बित्तिकै छायांकनमा निस्किने चलचित्रको लर्को लागिरहेको छ। यसैबीच चर्चित साउथका अभिनेता अल्लु अर्जुनको मुख्य भूमिका रहने एक्सन चलचित्र ‘पुष्पा’ पनि छायांकनको तयारीमा रहेको छ। भारतीय मिडियाका अनुसार उनले यस चलचित्रमा ६ मिनेटको एक्सन दृश्यका लागि ६ करोड रुपैयाँ चार्ज गर्ने भएका छन् ।


निर्माणपक्षले पनि उनीमाथी ६ करोड रुपैयाँ खर्च गर्ने तयारी गरिरहेका छन्। चलचित्रमा अर्जुनले एक सिनको दृश्यकालागि लिन लागेको पारिश्रमिकलाई लिएर भारतिय सिने क्षेत्र अहिले निकै तातेको छ। हिन्दी भाषासँगै भारतका सबै भाषामा प्रर्दशनमा आउने भनिएको यस चलचित्र अल्लु अर्जुनको करिअरको महत्वपूर्ण चलचित्र मध्य एक हुनेछ। 






Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]