मुम्बई/(एजेन्सी)
बलिउडकी आइटम गर्ल तथा अभिनेत्री उर्वशी रौतेलाले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गरेकी छिन्। उनले कोरोनाविरुद्ध लड्न राहत कोषमा पाँच करोड सहयोग गरेको भारतिय मिडियाले बताएको छ। उनी लगायत अन्य बलिउडका कलाकारहरुले पनि कोरोनाविरुद्ध स्थापना गरिएको कोषमा भारी रकम सहयोग गर्दै आएका छन्।
पछिल्लो समय कोरोनाभाइरसको संक्रमण भारतमा तिव्र रुपमा फैलिरहेको अवस्थामा शाहरुख खान,सलमान खान,अक्षय कुमार लगायतले कोरोनाविरुद्ध बिभिन्न कोषमा सहयोग गरिसकेका छन्। चलचित्रमा भन्दापनि बढि फोटोशुटका कारण चर्चामा आइरहने अभिनेत्री उर्वशी पछिल्लो समय लकडाउनका कारण घरमै छिन्।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: