‘बेलबटम’मा वाणी भित्रिइन्

Posted on: July 03, 2020
मुम्बई/(एजेन्सी)

बलिउडको चलचित्र ‘बेलबटम’मा अभिनेत्री वाणीको प्रवेश भएको छ। अक्षय कुमारको मुख्य भुमिका रहने यो चलचित्र घोषणापछि लकडाउनका कारण छायांकन हुन पाएको थिएन। बिहीबार चलचत्रि निर्माता ज्याकी भग्गानीले अक्षय र वाणीको फोटो ट्विट गर्दै वाणीलाई चलचित्रको मुख्य पात्रका रूपमा परिचित गराउन पाएकामा खुसी व्यक्त गर्नुभएको छ। ‘स्पाई थ्रिलर’ बेलबटममा अक्षय र समग्र टिमसँग जोडिन पाएकामा खुसी भएको अभिनेत्री वाणीले बताएकी छिन् । यो चलचित्रमार्फत अक्षय र वाणी पहिलोपटक अनस्क्रिन रोमान्स गर्दै छन्। चलचित्रले ८० दशकको स्पाई चलचित्रको झल्को दिनेछ । भने चलचित्रको रिलिज मिति २२ जनवरी २०२१ तोकिएको छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]