मुम्बई (एजेन्सी) ।
बलिउड अभिनेता अमिताभ बच्चन कोरोना मुक्त हुनु भएको छ । कोरोना पोजेटिभ आएपछि गत ११ जुलाईमा मुम्बईको नानावती अस्पतालमा भर्ना हुनु भएका अमिताभ अस्पतालबाट डिस्चार्ज भएर आइतवार दिउँसो घर फर्किनु भएको स्वयम अमिताभले टिव्टमार्फत जानकारी दिनु भएको छ ।
उहाँले लेख्नु भएको छ, ‘मेरो पिताको कोरोना टेस्ट नेगेटिभ आएको छ र उहाँ अस्पतालबाट डिस्चार्ज भएर घर फर्किनुभएको छ । अब उहाँले घरमा आराम गर्नुहुनेछ । तपाईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’
साथै उहाँले अब होम क्वारेन्टाइनमा रहने पनि जानकारी दिनु भएको छ । अगाडी लेख्नुहुन्छ, ‘मेरो कोभिड टेस्ट नेगेटिभ आएको छ । म डिस्चार्ज भइसकेँ । अब म घरमा नै क्वारेन्टाइनमा बस्नेछु । भगवानलाई धन्यवाद छ, आमाबुबाको आर्शिवाद, मेरो नजिकका साथी र फ्यानको प्रार्थनाले निको भएँ । साथै, नानावती अस्पतालका स्टाफको राम्रो रेखदेखका कारण यो दिन देख्न पाएँ ।’ उहाँका साथै छोरा अभिषेक बच्चन बुहारी एश्वर्या राय बच्चन र नातिनी आराध्या पनि कोरोना मुक्त भइसक्नु भएको छ ।
आर्टिष्ट खबर/ चैत, काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमा
April 11, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । निर्देशक सम्राट बस्नेतको निर्देशनम
April 11, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: