मुम्बई (एजेन्सी) ।
बलिउडकी लोकप्रिय गायिका नेहा कक्कडको विहेको चर्चा चलेको छ । भारतीय मिडियाले आगामी २४ अक्टुबरमा नेहाले रोहन प्रीत सिंहसँग दिल्लीमा विहे गर्न लागेको उल्लेख गरेका छन् । विहेको निमन्त्रणा समेत पठाइ सकिएको छ । विहेमा दुबै परिवारका आफन्त र नजिकका मित्रमात्रै सहभागी हुने उल्लेख छ ।
नेहाले रोहनसँग डेट गरेको धेरै समय भएको छैन । पहिलो भेट नेहाको गीत ‘आजा चल व्याह करवाएं, लकडाउन बीच कत्त होने खर्चे’ को सेटमा भएको थियो । रोहन प्रीत सिंह २०१९ मा ‘इंडियाज राइजिंग स्टार’ को तेस्रो सीजनमा प्रतियोगीका रुपमा देखिनु भएको थियो । वेडिंग रियलिटी शो ‘मुझसे शादी करोगे’मा पनि प्रतियोगीका रुपमा हुनुहुन्थ्यो ।
यसअघि नेहाको नाम सिंगिंङ रियालिटी शो ’इंडियन आइडल’ मा होस्ट आदित्य नारायणसँग जोडिएको थियो । आदित्य र नेहाको जोडीलाई जुब रुचाइएको थियो । शोमै अभिभावक बोलाएर विहे गरिदिने भन्ने नाटक पनि गरियो । तर, केही भएन । अहिले इण्डियन आइडलको नयाँ सीजन सुरु हुनै फेरि नेहाको विहेको चर्चा सुरु भएको छ ।
आर्टिष्ट खबर/ चैत, काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमा
April 11, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । निर्देशक सम्राट बस्नेतको निर्देशनम
April 11, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: