मुम्बई (एजेन्सी) ।
मुम्बई अदालतले सोमबार भारती र हर्षको जमानत याचिकाको सुनुवाइ गरी जमानत स्वीकारेको छ । यसअघि उनीहरुलाई १४ दिने न्यायिक हिरासतमा पठाइएको थियो ।
कानुनबमोजिम हजार ग्राम गाँजालाई थोरै परिमाण मानिन्छ, जसको स्वामित्वमा कसैलाई ६ महिनासम्म जेल र १० हजार जरिवाना लाग्न सक्छ । एनसीबीले २१ नोभेम्बरमा हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घर र कार्यालयमा छापा मारेको थियो । उनीहरुको घर र कार्यालयबाट ८६.५ ग्राम गाँजा फेला पारेको थियो ।
सोधपुछमा भारती दम्पतीले गाँजा सेवन गर्ने गरेको स्वीकार गर्नु भएको छ । उहाँहरुलाई शनिबार एनडीपीएस ऐनअन्तर्गत पक्राउ गरेको थियो । उनीहरुलाई आइतबार अदालतमा पेस गर्दा मेडिकल जाँचपछि १४ दिने न्यायिक हिरासतमा पठाइएको थियो । तर जमानत पाएसँगै उहाँहरु रिहा हुनु भएको छ ।
बलिउडमा लागुऔषध मुद्दाबारे अनुसन्धान गरिरहेको एनसीबीले अहिलेसम्म थुप्रै कलाकार, निर्माता लगायतसँग सोधपुछ र उहाँहरुको घर तथा कार्यालयमा छापा मारिसकेको छ ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: