मुम्बई (एजेन्सी) ।
बलिउडकी चर्चित गायिका श्रेया घोषाल आमा बन्दैछिन्। बिहिबार सामाजिक सञ्जालमा गर्भावस्थाको फोटो सेयर गर्दै उनले आफू छिटै आमा बन्ने जानकारी गराएकी हुन् । सन् २०१५ फेब्रुवरीमा शिलादित्य मुखोपाध्यायसँग बिवाह गरेकी श्रेयाले आफूहरु पहिलो पटक अभिभावक बन्न लागेकोमा निकै खुसी ब्यक्त गरेकी छिन्।
३६ वर्षीया श्रेयाले आफ्नो र पति शिलादित्य मुखोपाध्यायको नाम मिलाएर हुनेवाला बच्चाको नाम 'श्रेयादित्य' राख्ने घोषणा गरेकी छिन्। ''हामी तपाईंहरुलाई यो खबर सुनाउन पाउँदा निकै खुसी छौं। हामीलाई तपाई सबैको माया र आर्शिवादको आवश्यक छ।'' लेख्दै उनले इन्स्टाग्राम र ट्विटरमार्फत फोटो सेयर गरेकी हुन्। 'श्रेयादित्य' आउँदै गरेकोमा उनका शुभचिन्तक, आफन्तजन र बलिउडका अन्य कलाकारहरुले शुभकामना दिएका छन्।
हिट चलचित्र 'देवदास'को गीतमार्फत बलिउड जगतमा स्वर दिदैँ भित्रीएकी श्रेयाले अन्य थुप्रै हिट गीत दिदैँ आएकी छिन् । उनी बलिउडकी महगीं गायिका मध्ये एक सफल गायिका हुन्। उनले पहिलो पटक चर्चित गायिका लता मंगेश्करको स्वर रहेको मराठी गीत 'गनराज रंगी नाचो तो'को कवर भर्जन रेर्कड गराएकी थिइन् ।
आर्टिष्ट खबर/ चैत, काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमा
April 11, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । निर्देशक सम्राट बस्नेतको निर्देशनम
April 11, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: