मुम्बई,एजेन्सी ।
बलिउडकी चर्चित नायिका कट्रीना कैफलाई कोरोना पोजेटिभ देखिएको छ । उनले आफू कोरोना संक्रमित भएको खबर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् जानकारी गराएकी हुन्। उनले आफू संक्रमित भएलगत्तै आफूलाई आइसोलेशन गरिसकेको बताएकी छिन् । उनले लेखेकी छिन् 'मलाई कोभिड १९ पोजिटीभ देखिएपछि हाल म होम आइशोसनमा छु।
चिकित्सकको सल्लाह बमोजिम आफ्नो सुरक्षाको सबै प्रोटोकल अपनाउनेछु। मेरो सम्पर्कमा रहनुभएका सबैलाई एकपटक कोरोना टेष्ट गर्न अनुरोध गर्दछु।'
मुम्बइमा कोरोना संक्रमणदर दिनप्रतिदिन बढ्दै गएसँगै मानिसहरु भयभित हुन थालेका छन्। विगतका केही दिनखेखि बलिउडका कलाकारहरुलाई कोरोना संक्रमण हुनेक्रम बढ्दो छ। उनीहरु आफू संक्रमित भएको खबर सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै आएका छन् । यसअघि बलिउडका आमिर खान, कार्तिक आर्यन, अक्षय कुमार, आलिया भट्ट, गोविन्दा बप्पी लाहिरी लगायतलाई कोरोनाले समातिसकेको छ। हाल सबै संक्रमित कलाकारहरु आइशोलेसनमा रहँदै आएका छन् भने कतिपय निको भएर पुन: आफ्नो काममा फर्किसकेका छन् ।
आर्टिष्ट खबर/ चैत, काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमा
April 11, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । निर्देशक सम्राट बस्नेतको निर्देशनम
April 11, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: