मुम्बई (एजेन्सी)
अभिनेता आमिर खान आफ्नो चलचित्र ‘लाल सिंह चड्डा’को सुटिङमा व्यस्त छन् । यो फिल्मलाई उहा क्रिसमसमा रिलि जगर्न चाहनुहुन्छ । तर यो चलचित्र रिलिज अघि नै विवादमा तानिएको छ ।
यो चलचित्रको पछिल्लो सुटिङ लद्दाखको वाखा गाउँमा भएको थियो । चलचित्र युनिटले त्यहाँ फोहोर गरेको भिडियो सामाजिक सञ्जालमा आएपछि अहिले भाइरल भइरहेको छ । यो भिडियो जिग्मत लद्दाखी नामक ट्वीटर प्रयोगकर्ताले पोस्ट गरेका छन् । जुन भिडियोमा उक्त गाउँमा फोहोर जम्मा भएको देख्न सकिन्छ ।
‘लद्दाखको वाखा गाउँबासीका लागि बलिउड स्टार आमिर खानले दिएको उपहार हो । जुन उपहार फिल्म ‘लाल सिंह चड्डा’ निर्माण युनिटले छोडेको हो । आमिर आफैं सत्यमेव जयतेमा पर्यावरणको सफाई गर्नुपर्ने ठूला कुरा गर्छन । जब आफ्नो कुरा आउँछ, अनि यस्तै हुन्छ’, उहाले लेख्नुभएको छ । अर्का प्रयोगकर्ताका अनुसार लद्दाखको कारगिल जिल्लामा रहेको यो गाउँ हाल डम्पिङ साइट जस्तै भएको छ । जहाँ प्लाष्टिकका बोतल र फोहोर थुप्रिएको छ ।
समाचार अनुसार सन् २००६ मा रिलिज फिल्म ‘रंग दे वसन्ती’को समयमा पनि यस्तै भएको थियो । फिल्म युनिटले नाहरगढ वन्यजन्तु आरक्षमा छायांकन गर्दा त्यहाँ वियरको बोतलको थुप्रो जम्मा भएको थियो । त्यसपछि स्थानीय युवाले त्यहाँबाट झण्डै ३ टन बोतल निकालेका थिए ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: