सीतामा अब कंगना फाइनल

Posted on: September 17, 2021
मुम्बई (एजेन्सी)

बलिउड चलचित्र ‘द इन्कारनेसन–सीता’ निर्माण अगावै चर्चामा छ । केवी विजयेन्द्रप्रसाद लिखित र अलौकिक देसाईको निर्देशनमा बन्न लागेको यो चलचित्रमा सीताको भूमिकाका लागि अभिनेत्री करिना कपुरलाई अफर गरिएको थियो । यद्यपि उहाले १२ करोड पारिश्रमिक माग गरेपछि निर्माताहरू अर्को अभिनेत्रीको खोजीमा लागेको खबर आएको थियो । 

अन्ततः निर्माता टिमले सीताको भूमिकामा अभिनेत्री फाइनल गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो भूमिकाका लागि अभिनेत्री कंगना रनौत ‘कन्फर्म’ गरिएको छ । यो खबरलाई पुष्टि गर्दै चलचित्रको निर्माण गरिरहेकी एसएस स्टुडियोको निर्मात्री सलोनी शर्मा भन्नुहुन्छ, ‘एक महिलाको नाताले म कंगनालाई स्वागत गर्न पाउँदा निकै खुसी छु । चलचित्र ‘द इन्कारनेसन सीता’ मा कंगनाले भारतीय महिलाको निडर छवि दर्शाउने छिन् ।’

यता अभिनेत्री कंगनाले पनि चलचित्रको पोस्टर सेयर गर्दै यसबारे जानकारी दिएकी छन् । कंगना लेख्नुहुन्छ, ‘सीता रामको आर्शिवादको साथमा चलचित्र ‘द इन्कारनेसन सीता’ मा टाइटल भूमिका पाएकोमा र प्रतिभावान टिमसँग काम गर्न खुसी छु । जय सिता राम !’




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]