
मुम्बई (एजेन्सी)
तेलुगू भाषामा निर्माण गरी हिन्दीमा डब गरिएको अल्लु अर्जुनको ‘पुष्पाः द राइज’ले उत्साहजनक ब्यापार गरिरहेको छ । भारत लगायत संसारभरि हालसम्म ३ सय करोड भारू कमाएर बक्स अफिसमा नयाँ तरंग ल्याएको छ ।
७ दिनमै २ सय करोड आकडा पार गरेको पुष्पाले तेस्रो सातामै ३ सय करोड कारोबार गरेर रेकर्ड राखेको छ । यसअघि कोरोना महामारी र लकडाउनका कारण शिथिल हुन पुगेको बलिउड बक्स अफिसलाई अक्षय कुमार अभिनीत ‘सूर्यवंशी’ ले धमाकेदार ओपनिङ दिएको थियो । नोभेम्बर ५ मा रिलिज यो चिलचित्रले ४५ दिनमै झन्डै तीन सय करोड भारूको व्यापार गरिसकेको थियो । शूर्यबंशीको रेकर्डलाई पुष्पाले २१ दिनमै तोडेको छ ।
बलिउडका ‘हिट मसिन’ रोहित सेट्टीको सूर्यवंशीले डेढ महिनामा जति कारोबार ग¥यो, त्यसको रेकर्ड सन् २०२१ मा रिलिज हुने कुनै चलचित्रले सायदै तोड्ला भन्ने बलिउड बक्स अफिसका विश्लेषकहरूले भनाई थियो । विश्लेषकहरुको अनुमान गलत साबित गर्दै तीव्र रफ्तारका साथ अगाडि बढेको पुष्पाले अझै कमाउने आशा गरिएको छ ।
तेलुगू चलचित्रका सुपरस्टार अल्लु अर्जुनको यो चलचित्रको ओपनिङ नै धमाकेदार भयो । रिलिजकै दिन यसले ४५ करोड भारू कारोबार ग¥यो । यो रकम कुनै सुपरहिट हिन्दी चलचित्रले गर्ने व्यापारको दाँजोमा कम होइन ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: