
एजेन्सी
आगामी जनवरी १५ मा अमेरिकामा सम्पन्न हुन गइरहेको मिसेस वल्र्डका लागी बेलायतको प्रतिनिधित्व गर्दैँ जान लागेकी लीन क्लाइभलाई अमेरिकी सरकारले भिसा दिन अस्वीकार गरेको छ ।
२९ वर्षीया लीनले मिसेस वल्र्डको फिनालेमा बेलायतको प्रतिनिधित्व गर्दै आवेदन भर्नुभएको थियो । तर, उहालाई सिरियामा जन्मेको कारण अमेरिकाले भिसा दिन नमानेको हो । जसकारण यो प्रतिस्पर्धा नै विवादित हुन पुगेको छ ।
सन् २०१३ मा बेलायत आएपछि उहाले अग्रेजी भाषा बोल्न सिक्नुभएको थियो । साथै, महिला समानता र शरणार्थीहरुका लागि अभियान समेत चलाउनु भएको थियो । तर, भिसाकै कारण बेलायत सरकारले उहालाई अमेरिकामा पठाउन सक्दैन ।
उहाले भन्नुभएको छ, ‘मैले बेलायती राहदानीले नै आवेदन दिएँ। मैले प्रतिस्पर्धामा बेलायती नागरिक भएर नै प्रतिनिधित्व गर्दै थिएँ । म बेलायती नागरिक हुँ। जसकारण अमेरिकाले प्रतिबन्ध लगाउँला भनेर सोचेको पनि थिएन ।’ लीनले ‘कमन सेन्स’ प्रयोग गरेर भएपनि आफूलाई प्रतियोगितामा सहभागी गराउनुपर्ने भन्दै अमेरिकी दुतावासलाई भिसा दिन अपिल गर्नुभएको छ ।
‘भिसा रेकर्डहरु अमेरिकी कानुनअन्तर्गत गोप्य छन् । जसकारण हामी व्यक्तिगत भिसा मुद्दाहरुको बारेमा छलफल गर्न सक्दैनौँ,’ अमेरिकी दुतावासको एक विज्ञप्तिमा उल्लेख छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: