
मुम्बई (एजेन्सी)
भारतकी वरिष्ठ गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि अछि अस्पतालमा उपचाररत हुनुहुन्छ । लतालाई पहिलो चरणको कोभिडको अवस्थामा पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यो समयदेखी घरबाट बाहिर ननिस्किएको दुईबर्ष पुगेको थियो, तर कसरी भयो त कोरोना ?
९२ वर्षीया लताको काम बर्षौदेखी मयुरेशले सम्हाल्दै आउनुभएको छ । उहाले भन्नुभएको छ, ‘घरमा धेरै कर्मचारी पनि छन्, जो प्रायः घरबाट केही सामान ल्याउन जाने गर्छन् । ती कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो, त्यसपछि मात्र लता दीदीको परीक्षण गर्दा उहा पनि कोरोना संक्रमित भेटिएको हो ।’
लतालाई अहिले मुम्बईको ब्रिशकेण्डी एक अस्पतालमा राखिएको छ । डा. प्रतीक सम्दानीसहित पाँच चिकित्सकले उहाको हेरबिचार गरिरहनुभएको छ भने चिकित्सकका अनुसार लतालाई अझै एकसाता अस्पतालमै राखेर उपचार गर्नुपर्नेछ । लतालाई कोभिड निमोनिया पनि भएको जानकारी गराइएको छ । लताको स्वास्थ्यमा क्रमिकरुपमा सुधार आइरहेको चिकित्सकले बताएका छन् ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: