
मुम्बई (एजेन्सी)
बलिउड अभिनेता अक्षय कुमारको आउँने चलचित्र सिधै ओटीटीमा रिलिज हुने भएको छ । अक्षय अभिनीत चलचित्र ‘मिशन सिन्ड्रेला’ ओटीटी प्लेटफर्म डिज्नेप्लस हटस्टारमा प्रिमियर हुने तयारी छ । रञ्जित एम तिवारी निर्देशित ‘मिशन सिन्ड्रेला’ मा अक्षयसँगै राकुल प्रीत सिंह, गुरप्रीत सिंह, सर्गुन मेहतालगायतको अभिनय रहेको छ । फिल्मको बजेट १ सय ७५ करोड भनिएको छ । भारतीय मिडियाले फिल्मलाई डिज्नेप्लसले दुई सय करोड दिएको उल्लेख गरेको छ ।
यद्यपि पछिल्लो समय चलचित्रलाई सिरिजको रुपमा अगाडि ल्याउने खबरहरू पनि आइरहेका छन् । पिंकभिल्लाको अनुसार चलचित्रलाई वेब सिरिजको रुपमा पनि ल्याउन सकिनेछ । यद्यपि यसका लागि अक्षयले थप केही छायांकन गर्नु पर्ने छ । सिरिजको रुपमा ल्याउन अक्षयले अनुमति दिएमा यसको दोस्रो सिजनमा समेत उहाले अभिनय गर्नु पर्ने हुन्छ ।
चलचित्रको क्लाइमेक्समा केही बदलाव गरेमा यसलाई एपिसोडमा बदल्न कठिन नहुने चलचित्रका सदस्यले पिंकभिल्लालाई बताएका छन् । यो वेब सिरिजमा परिणत भएमा अक्षयको वेब सिरिजमा डेब्यु हुनेछ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: