
एजेन्सी
साउथका सुपरस्टार प्रभासको नयाँ चलचित्र ‘आदिपुरुष’ आउनेक्रममा छन् । यो चलचित्रका लागी ५ सय करोडको बजेट राखिएको भन्ने खबरले थप चर्चा पाएको छ । भारतीय सबैभन्दा महँगो चलचित्रमध्ये एक ‘आदिपुरुष’ हुने बताइएको छ ।
यो प्रभासको करियरकै सबैभन्दा महँगो चलचित्र हुनेछ । भूषणकुमार चलचित्रका निर्माता हुनुहुन्छ । भूषणकुमारले ‘आदिपुरुष’ को बजेट ५०० करोड रहेको बताउनु भएको हो । चलचित्रका निर्देशक ओम राउत हुनुहुन्छ । निर्देशक राउतले चलचित्रबाट भगवान रामलाई बुझ्ने प्रयास गरेको बताउनुभयो । चलचित्र ‘रामायण’ को रूपान्तरण हो । चलचित्रमा प्रभास भगवान श्रीरामको भूमिकामा देखिनुहुनेछ ।
चलचित्रमा प्रभासका अलावा सैफ अली खान, कृति सेनन र सन्नी सिंह पनि मुख्य भूमिका छ । चलचित्रमा कृति सेनन सीताको भूमिकामा हुनुहुन्छ । चलचित्र १२ जनवरी २०२३ मा विश्वभर २० हजारभन्दा बढी पर्दामा रिलिज गरिने बताइएको छ । यो भारतीय चलचित्रमा अहिलेसम्मको सबैभन्दा ठूलो विश्वव्यापी रिलिज हुनेछ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: