
मुम्बई (एजेन्सी) ।
बलिउड चलचित्र ‘सत्यमेव जयते’ले भारतीय बक्स अफिसमा यतिबेला राम्रै व्यापार गरिरहेको छ। उक्त चलचित्र बुधबारबाट प्रदर्शनमा आएको हो । अभिनेता जोहन अब्राहम र मनोज बाजपेइको मुख्य अभिनय रहेको चलचित्रले ३ दिनमा ३३करोड बढीको व्यापार गरिसकेको छ। ‘सत्यमेव जयते’ले प्रदर्शनको पहिलो दिनमै २०.५२ करोडको व्यापार गने सफल भएको छ । उक्त चलचित्र जोन अब्राहम अभिनित चलचित्रहरुमध्ये सर्वाधिक बढि व्यापार गर्ने चलचित्रको सूचिमा परेको छ ।
बुधबार अब्राहमको ‘सत्यमेव जयते’ मात्र नभएर अर्को चलचित्र ‘गोल्ड’ पनि प्रदर्शनमा आएको थियो। अभिनेता अक्षयको मुख्य भूमिका रहेको ‘गोल्ड’ले भने ‘सत्यमेव जयते’ले भन्दा उत्कृष्ट व्यापार गर्दै पहिलो दिननै ३३ करोड ग्रस कलेक्सन गर्न सफल बनेको थियो। एकैसाथ प्रर्दशनमा आएका यी दुई चलचित्रले शुरुका दिनमा सर्वाधिक ब्यापार गरेपनि दोस्रो दिनदेखि ब्यापार गिरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । करिब २५ सय हलहरुमा प्रर्दशनमा आएको चलचित्र ‘सत्यमेव जयते’ले पहिलो दिन २०.५२ करोडको व्यपार गरेपनि दोस्रो र तेस्रो दिनमा भने ७ करोड ग्रस कलेक्सनमा चित्त बुझाउनु परेको छ। त्यसतै चलचित्र गोल्डले पहिलो दिनमै ३३ करोड ग्रस कलेक्सन गर्न सफल भएपनि दोस्रो र तेस्रो दिनमा भने क्रमश ८ देखि १० करोडको व्यापारमा मन बुझाउन परेको छ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: