अभिनयसँगै गायनमा पनि रुची राख्ने परिनिती चोपडा

Posted on: August 21, 2018
मुम्बई (एजेन्सी) 

बलिउड अभिनेत्री परिनिती चोपडा अभिनयसँगै गायनमा पनि उत्तिकै रुची राख्छिन्। आफू अभिनित चलचित्रको गीत गाउन उनी अगाडि नै हुन्छिन् । गायनमा उनको लगाव छ र  उनले क्लासिकल संगीत पनि सिकेकी छिन् । चलचित्र मेरी प्यारी बिन्दुुको एक गीतमा उनले स्वर दिएकी थिइन्। सोनु निगमसँग मिलेर उक्त गीत गाएकी थिइन्।

अब भने उनले अर्को गीतमा स्वर दिएकी छिन्। र्‍यापार बादशाहको नयाँ गीतमा उनले पनि गाएकी छिन्। हर्टलेस बोलको गीतमा स्वर दिएकी हुन्। भारतीय मिडियाका अनुसार परिनिती र बादशाह मिल्ने साथी हुन्। गीतको भिडियो चाँडै नै सार्वजनिक हुनेछ। उनीसँगै बलिउडमा प्रियंका चोपडा, आलिया भट्ट, आयुषमान खुराना लगायत अन्य कलाकार गायनमा सक्रिय देखिन्छन्। 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]