‘भारत’ को फस्ट लुक सार्वजनिक

Posted on: August 26, 2018
मुम्बई (एजेन्सी) । 

बलिउड चलचित्र ‘भारत’ को सलमान खान र कटरिना कैफको फस्ट लुक सार्वजनिक भएको छ । उक्त तस्बिर सलमान खानले आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् । तस्बिरमा सुटबुट लगाएका सलमान जुंगा पालेको अवस्थामा देखिएका छन् भने कटरिनाले हरियो रंगको लेहंगा लगाएकी छन् । दुवैजनाको यो तस्बिर निकै शुन्दर देखिएको छ र सामाजिक सञ्जालमा पनि यो तस्बिरले राम्रो प्रतिक्रिया पाएको छ । यो तस्बिर शेयर भएको एक घण्टामा मात्रै ६ लाख भन्दा बढी मानिसले लाइक गरेका छन् । सलमान खानको चलचित्र ‘भारत’ मा कटरिना त्यो अभिनय गर्दैछिन् जो अभिनेत्री प्रियंका चोपडाले छोडेकी थिइन् ।

प्रियंकाले यो चलचित्रमा साइन गरेकी थिइन् तर उनको निजि कारणले उनले यो चलचित्र छोड्नुपरेको बताएकी छन् । यसपछि यो चलचित्र कटरीनाले पाएकी थिइन् । सलमान र कटरिनाको जोडी बलिउडमा धेरै चर्चित जोडी हो । यो जोडीले जहिले पनि पर्दामा आउदा बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ । अली अब्बास जफर निर्देशित ‘भारत’  मा दुवै जनाको फस्ट लुक सार्वजनिक भएपछि दर्शकहरु यसको ट्रेलर पर्खीरहेका छन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]