बिश्वभरीका आम्दानी गर्ने अभिनेताको ९ औं स्थानमा सुपरस्टार सलमान खान

Posted on: August 27, 2018
मुम्बई (एजेन्सी) । 

बलिउडका सुपरस्टार सलमान खानले बलिउडमा आफ्नो करियरको ३० वर्ष पूरा गरेका छन् । बलिउडमा उनको पहिचान सुपरस्टार मात्र होइन  उनी गड फादरको रुपमा पनि चिनिने गर्छन् 

सलमनाले चलचित्र ‘बीवी हो तो ऐसी’ बाट बलिउड डेब्यू गरेका  थिए । उक्त चलचित्र १९८८ मा प्रर्दशनमा आएको थियो । चलचित्रमा अभिनेत्री रेखा र अभिनेता फारुख शेख मुख्य भूमिकामा थिए भने सलमानले फरुख सेखको भाइको भूमिका निर्वाह गरेका थिए । यो चलचित्र निकै सुपरहिट भएको थियो र सलमानको भूमिका पनि दर्शले निकै मन पराएका थिए ।  त्यही बर्ष सुरज बड्जात्याको निर्देशनमा बनेको चलचित्र  ‘मैने प्यार किया’ मा उनले मुख्य भूमिकामा रहेर काम गरे ।  उक्त चलचित्र ब्लकबस्टर हिट भयो । यही चलचित्रबाट सलमान खान सुपरस्टार बन्न पुगे । 

त्यसतै सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र  ‘दबंग’ सलमान खानको कयिरको टर्निङ पोइन्ट बन्यो । चलचित्र  ‘दबंग’ ले सलमानलाई बलिउड चलचित्र उद्योगमा निकै उचाइमा पुर्यायो । सुपरस्टार सलमान खान विश्वभरीका अभिनेता मध्य धेरै आम्दानी गर्ने अभिनेताको सूचिमा ९ औं स्थानमा पर्छन् । विश्व चर्चित फोब्र्स म्यागेजिनका अनुसार सलमान खानको एक वर्षको कमाई २३२.८३ करोड भरतीय रुपैयाँ हुन्छ । सलमान खान अहिले कट्रिना केफको साथमा चलचित्र  ‘भारत’को छायांकनमा व्यस्त छन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]