आलिया भट्टले एकसाथ तीन चलचित्रमा काम गर्ने

Posted on: September 03, 2018
मुम्बई (एजेन्सी) ।

बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले एकसाथ तीन चलचित्रमा काम गर्ने भएकी छिन् । हाल अयान मुखजीको चलचित्र ब्रम्हास्त्रमा व्यस्त रहेकी आलियाले यसपछि जोया अख्तरको फिल्म ‘गली ब्वाय’ र करण जौहरको फिल्म ‘तख्त’को छायाँकन गर्नु पर्ने छ । तीन चलचित्र मध्य उनले पहिलो गृह व्यानरकै फिल्मको छायाँकन सक्ने निर्णय लिएकी छिन् । 

उनको  बुबा महेश भट्टले निर्माण गर्न लागेको चलचित्र ‘सडक–२’मा आफु अनुबन्धित भएकाले यो चलचित्रलाई पहिला सक्नु पर्ने पारिवारिक दबाब रहेको उनले बताएकी छिन् । यो चलचित्रको मुख्य भूमिकामा आलियाले खेल्ने सहमाती जनाएकी हुन् ।

सडकको सिक्वेलको रुपमा सडक २ निर्माण गर्न लागिएको हो । यो चलचित्रमा सडकका अभिनेता सञ्जय दत्त र अभिनेत्री पुजा भट्टले पनि अभिनय गर्नेछन् । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]