अभिषेकले एेश्वर्याका अगाडि करिश्मालाई देखेको नदेखै गरे

Posted on: September 06, 2018
मुम्बई (एजेन्सी) ।

बिगत लामो समय अघि बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री करिश्मा कपूरको इन्गेजमेन्ट तोडिएको खबरले बलिउड निकै तातेको थियो । इन्गेजमेन्ट टुटेपछि यी दुई  एकअर्काको आमुन्ने सामुन्ने पर्न छाडे । कुनेै कार्यक्रममा देखादेख भएपनि उनीहरु बोल्दैनन् । 

हाल अमिताभ बच्चनकी छोरी श्वेता बच्चनले क्लोदिङ्ग ब्राण्ड सुरु गरेकी छिन् । त्यसै ब्राण्डको शुभारम्भमा बच्चन परिवारका साथै बलिउडका कैयौं स्टार कलाकारहरु उपस्थित थिए । कार्यक्रममा करिश्मा कपूरलाई पनि आमन्त्रित गरिएको थियो । करिश्मा बाहेक कार्यक्रममा शाहरुख खान, सञ्जय कपूर र चंकि पाण्डेका छोरीहरु क्रमश सुहाना खान, शनाया कपूर र अनन्या पाण्डे लगायतका कलाकारको उपस्थित थियो । 

अभिषेक श्रीमती ऐश्वर्याका साथ कार्यक्रममा उपस्थित भएका थिए । अभिषेक मिडिया सामु ऐश्वर्याका साथ पोज दिइरहेका थिए भने करिश्मा उनीहरुको नजिकै उभिएकी थिइन् । तर अभिषेकले करिश्मालाई देखेर पनि नदेखेझैं गरेर त्यहाँबाट हिंडे । त्यसैबेला करिश्मालाई अभिषेककी दिदी श्वेताले साथ दिइन् । उनले करिश्माको हात थाम्दै मिडिया सामु फोटोशुट पनि गरिन् । तर करिश्मालाई यसरी साथ दिइरहेकी श्वेताले आफ्नै भाइबुहारी ऐश्वर्याको कुनै मतलब गरिनन् ।







Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]