पत्रकारमाथि दिपिकाको आक्रोस, कमन सेन्स छैन तपाईंको ?

Posted on: September 11, 2018
मुम्बई (एजेन्सी) ।

आउँदो नोभेम्बरमा बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता रणवीर सिंह बिवाह बन्धनमा बाँधिने पक्का भइसकेको छ । तर, अझै पनि यी दुई बिवाहको विषयमा मुख खोल्न चाहिरहेका छैनन् ।

दिपिका हाल एक कार्यक्रममा पुग्दा उनलाई एक पत्रकारले बिवाहको बारेमा प्रश्न गर्दा दिपिका रिसले चुर बनिन् ।  ‘तपाईं र रणवीरको बिहे नोभेम्बरमा हुन लागेको हो ? ’ पत्रकारले प्रश्न गरे  ‘कस्तो ठाउँमा के प्रश्न सोध्ने भन्ने कमन सेन्स छैन ?’ उक्त प्रश्नको  जवाफ दिपिकाले दिइन् । उनले थपिन् ‘तपाईहरु हरेक संवेदनशील मुद्दामा छलफल भइरहेको बेला बिहेको कुरा नघुँसाउनुु ।’ 


त्यो कार्यक्रममा उनी खासमा आफ्नो डिप्रेसन सम्बन्धी  अनुभव सेयर गर्न पुगेकी थिइन् । डिप्रेसनबाट निस्किन आफूलाई ब्याडमिन्टनले सघाएको उनले बताइन् ।   डिप्रेसनबाट आफू कसरी बाहिर निस्केँ भन्ने सुनाउँदै गर्दा बिचमै पत्रकारले असम्वन्धित प्रश्न राखेका थिए । सो कारण उनी रिसले चुर बन्न पुगिन् । 

दिपिकाले हाल मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न एउटा एनजीओ पनि खोलेकी छन् । डिप्रेसनबाट बाहिर निस्केपछि दिपिकाले लाइफ, लिभ, लाफ नामक एनजीओ  खोलेकी हुन् । 







Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]