रिलिज अगावै रेकर्ड, ‘२.०’ को लागि १२० करोड रुपैयाँको एड्भान्स बुकिङ

Posted on: November 25, 2018
मुम्बई (एजेन्सी) । 

एस शंकर निर्देशित बहुप्रतिलक्षित बलिउड चलचित्र ‘२.०’ ले रिलिज अगाडि नै नयाँ रेकर्ड बनाएको छ । करिब १२० करोड रुपैयाँको चलचित्रको लागि एड्भान्स बुकिङ भईसकेको छ । रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’  करिब ५ सय ४३ करोड बजेटमा निर्माण भएको छ । २.० दुनियाँकै २४ भीएफएक्स स्टुडियोको सहयोगमा बनेको छ ।


उक्त चलचित्र विश्वकै टप १० मेगा बजेट चलचित्रको सूचीमा परेको छ । जसमा जसमा २.० नौं नम्बरमा रहेको छ । दुबै ससपरस्टारको यो चलचित्र उनीहरुको करियरकै महंगो चलचित्र  हो । उक्त चलचित्र  २९ नोबेम्बरमा रिलिज हुँदैछ ।  चलचित्रमामा अक्षय कुमार, रजनीकान्त र एमी ज्याक्सनको मुख्य भूमिका रहेको छ ।


टेन्ड एर्नालिस्ट रमेश बालाले ट्वीट गर्दै लेखेका थिए । ‘तमिल फिल्मकै पहिलो इतिहास यो चलचित्रले बनाएको छ ।’उनले थपे अन्य चलचित्रलेले सय करोडको क्लबमा पार गरेको छ भने २.० ले तमिलनाडुमा एडभान्स बुकिङमै रेर्कड सय करोडको बनाएको छ ।’



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]