बलिउडका हाँस्य कलाकार राजपाल यादव जेलमा

Posted on: December 01, 2018
मुम्बई (एजेन्सी) । 

बलिउडका ‘चुप चुपके, भुलभुलैया, गरम मसाला, फिर हेरा फेरी, जुुडवा २’ लगायत अन्य थुप्रै चलचित्रमा अभिनय गरेका हास्य कलाकार राजपाल यादवलाई दिल्लीको सर्वोच्च अदालतले ३ महिनाको जेल सजाय सुनाएको छ । यादवले सन् २०१० मा एउटा व्यक्तिबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको पाँच वर्ष पछि सन् २०१५ मा उनले ऋण दिने व्यक्तिलाई पैसा फिर्ता गर्न चेक दिएका थिए । तर उक्त चेक बैङ्कमा जम्मा गराउदा बाउन्स भएको थियो ।  सो रकम चुक्ता गर्न नसकेको खण्डमा दिल्लीको सर्वोच्च अदालतले चेक बाउन्सको केसमा उनलाई ३ महिनाको जेल सजाय सुनाएको छ । यादवले ऋण नतिरे पछि ऋण दिने व्यक्तिले अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । 

त्यसपछि ती व्यक्तिले राजपाललाई वकिलको सहायतामा सूचना पनि पठाएका थिए । अदालतले तोके बमोजिम राजपाल यादवले १० करोड ४० लाख रुपैयाँ फिर्ता दिनुपर्ने सम्झौता भएको थियो । उक्त रकम तोकिएको समयमा यादवले  तिर्न नसकेपछि उनलाई ३ महिनाको जेल सजाय सुनाइएको हो । 

 








Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]