एक्सन, कमेडी, रोमान्सले भरिपुर्ण 'सिम्बा' (ट्रेलर)

Posted on: December 03, 2018
मुम्बई (एजेन्सी) । 

रोहित सेठ्ठि निर्देशित बलिउड चलचित्र 'सिम्बा' को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता रणवीर सिंहलाई एक पुलिस अफिसरको भूमिकामा देख्न सकिन्छ ।  ट्रेलर हेरिसकेपछि यस चलचित्र अजय देवगनको 'सिंघम' सँग जोडिएको बिश्वास गर्न सकिन्छ । किनकी ट्रेलरको सुरुवात नै चलचित्र  'सिंघम' को डाइलगबाट हुन्छ । 

ट्रेलर एक्सन, कमेडी, रोमान्स सबै रहेको मसालादार बनेको छ । रणबिरको अत्कृष्ट पुलिसको अवतार, सारा अलिखानको सुन्दरता, अजय देवगनको धमाकादार प्रस्तुती रहेको छ । ट्रेलरको अन्तिममा अजय देवगन सिंघम अवतारमा देखिएका छन्। रणवीर  सानै उमेरदेखि पुलिस बन्न खोज्ने बच्चाको कथालाई ट्रेलरले बोलेको छ । 

चलचित्रमा सारा अली खान रणवीरको अपोजिट रोलमा रहेकी छिन् भने सानु सूड नेगेटिभ रोलमा प्रस्तुत छन् । करण जोहर र रोहितले निर्माण गरेको चलचित्र ‘सिम्बा’ तेलुगू चलचित्र 'टेम्पर'को आधिकारिक हिन्दी रिमेक हो । यही २८ डिसेम्बरमा प्रर्दशनमा आउने 'सिम्बा' रणवीर र रोहितको पहिलो सहकार्य हो ।

Trailer:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]