‘जिरो’को गीतमा शाहरुख–सलमान

Posted on: December 05, 2018
आर्टिष्ट खबर ,मंसिर काठमाडौं

बलिउडका अभिनेता शाहरुख खान होचो बनेर खेलेको चलचित्र  ‘जिरो’को चर्चा नेपालमा पनि निकै छ । चलचित्रसँग सम्बन्धित कुनैपनि सामाग्री नेपालमा खुबै हेरिने गर्छ । केहिसमय अघि सार्वजनिक भएका चलचित्रका तस्बिर तथा टिजरले नेपालमा पनि ट्रेन्डिङमा आएका थिए । यसैबिच यसैचलचित्रको दोश्रो गीतपनि युट्युवमा सार्वजनिक गरिएको छ । 

‘इशकवाजी’ बोलको गीतको भिडियोमा फुच्चे शाहरुखसँगै अभिनेता सलमान खान पनि देखिएका छन् । गीतमा  अजय–अतुलको संगीत, इर्शाद कमिलको शब्द र सुकविन्दर सिंहको आवाज छ । चलचित्रमा मुख्य भूमिकामा शाहरुख खान छन् भने केमियो भूमिकामा सलमान खानलाई राखिएको छ । 

रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र आनन्द एल राइले निर्देशन गरेका हुन् । आउँदो डिसेम्बर २१ तारिखमा प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रमा साहरुखको जोडीको रुपमा कट्रिना कैफ र अनुष्का शर्मा देखिएका छन् ।

video





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]