एसियाकै कामुक महिला दीपिका पादुकोण

Posted on: December 09, 2018
मुम्बई (एजेन्सी) । 

बेलायती म्यागेजिनले सार्वजनिक गरेको एसियाका कामुक महिलाको सूचीमा बलिउड अभिनेत्री दीपिका पादुकोण पहिलो नम्बरमा परेकी छिन् । एसियाका ५० शीर्ष कामुक महिलाको पहिलो सूचीमा सबैभन्दा धेरै भोट ल्याउँदै पर्न सफल भएकी थिइन् । 

भोटमा दीपिकाको कडा प्रतिस्पर्धा बलिउडकै अर्की अभिनेत्री प्रियंका चोपडासँग रहेको थियो । चोपडा यही म्यागेजिनले गत वर्ष जारी गरेको सूचीको पहिलो स्थानमा थिइन् । यसपटक उनी दीपिकाभन्दा पछि दोस्रो नम्बरमा परेकी छिन् । तेस्रो स्थानमा निया शर्मा रहेकी छिन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]