मुम्बई (एजेन्सी) ।
बलिउड चलचित्र ‘जिरो’ अर्को गीत सार्वजनिक भएको छ । ‘हुसनु पचाम’ बोलको आइटम गीत सार्वजनिक भएको हो । राजा कुमारी र भुमी त्रिवेदीको स्वर रहेको गीतमा अजय अटुलले संगीत भरेका हुन् । गीतमा इशाद कमिलको शब्द रहेको छ । आइटम गीतको भिडियोमा बोल्ड कैटरिनाले दमदार डान्स गरेकी छिन् ।
रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा शाहरुख खान कैटरिनाको कैफ र अनुष्का शर्माको मुख्य भूमिका रहेको छ भने यिनका अलवा श्रीदेवी, आलिया भट्ट ,करिश्मा कपूर, सलमान खान, काजोल, माधुरी दीक्षित अन्य कलाकारहरु कैमियो रोलमा देखिने छन् ।
आनन्द एल रायले निर्देशन गरेको चलचित्रमा बलिउडका किंग खान अर्थात शाहरुख खान कैटरिनाको फ्यानको रुपमा देखिएका छन् । उक्त गीतमा शाहरुख आफ्नो विवाह भन्दा कट्रिनालाई हेर्न बढी उत्सुक देखिएका छन् । बलिउडमा शाहरुख खान होचो बनेर खेलेको चलचित्र ‘जिरो’को चर्चा निकै छ । चलचित्र २१ डिसेम्बरमा रिलिज हुनेछ ।
video:
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । आउँदो १ सय ९ औं अन्तर्राष्ट्रिय नारी
March 05, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल
March 05, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: