मुम्बई (एजेन्सी) ।
बलिउडकी चर्चित अभिनेत्री सोनाक्षी सिन्हा हाल प्रेम सम्बन्धका कारण निकै चर्चाकी बिषय बनेकी छिन् । समाचारका अनुसार सोनाक्षी सिन्हा र अभिनेता सिद्धार्थ रोय कपूर प्रेम सम्बन्धमा रहेको जानकारी पाइएको छ । हाल बलिउडमा अभिनेत्री सोनाक्षी सिन्हाको नाम अभिनेता सिद्धार्थ रोय कपूरका साथ जोडेर खबरहरु आइरहेका छन ।
सलमान खानको चलचित्र ‘दबंग’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सोनाक्षी र सोहेल खानकी श्रीमती सीमा खानका भाई बन्टी सचदेवासँग केही समय अघि प्रेम सम्बन्धमा छन भन्ने कुराले बलिउड निकै तातेको थियो । सँगसँगै समय बिताउने यी दुईले आफूहरुको सम्बन्धबारेमा खुलेर केही भनेका थिएनन् । तर केही दिन अघि यी दुवैबीच ब्रेकअप भएको खबरले बलिउड निकै तातेको थियो ।
यसै बिषयलाई लिएर बलिउडका अन्य कलाकारले सोनाक्षी र आदित्यलाई जिस्काउन थालेका छन् । अभिनेता वरुण धवनले सोनाक्षी सिन्हाको इन्स्टाग्रामको एक फोटोमा मा भाउजू लेख्दै जिस्काउदैँ कमेन्ट गरेका छन् । सोनाक्षीले ‘ तिमी चुप लाग’ भन्दै कमेन्टको रिप्लाई गरेकी छिन ।
चलचित्र ‘लण्डन ड्रिम्स’ बाट बलिउडमा डेब्यु गरेका आदित्य रोयले बलिउडका ‘फितुर’, ‘अशिकी २’ र ऐ जवानी हे दिवानी’ जस्ता हिट चलचित्र मा काम गरिसकेका छन् । करण जोहरको चलचित्र ‘कलंक’मा प्रेमजोडी सोनाक्षी सिन्हा र आदित्य रोय कपूर एकसाथ देखिने भएका छन् ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । आउँदो १ सय ९ औं अन्तर्राष्ट्रिय नारी
March 05, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल
March 05, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: