मुम्बई (एजेन्सी) ।
बलिउडका चर्चित अभिनेता विनोद खन्नाकी पहिलो धर्मपत्नी गिताञ्जलीको निधन भएको छ । शनिबार राती महाराष्ट्रको रायगढको मांडवास्थित फार्म हाउसमा उनको निधन भएको हो । भारतिय संचारमाध्यमका अनुसार बिहान करिब ११ बजे छोरा अक्षय र राहुल खन्नाको साथमा उनी फार्म हाउस गएकी थिइन् ।
दिउँसोबाटै अजिव र असहज महसुस गरेकी गिताञ्जलीको स्वास्थ्य राती एक्कासी बिग्रियो । तत्कालै उनका छोरा अक्षय र राहुलले उनलाई फार्म हाउसबाट करिब २० किलोमिटर टाढा रहेको अलिबाग सिभिल अस्पताल पुर्याए । अस्पताल नपुग्दै मृत्यू भईसकेको भन्दै डाक्टरले उनलाई मृत घोषित गरे । ७० वर्षकी मृतक गिताञ्जलीको आइतबार अन्तिम संस्कार गरिएको भारतिय संचारमाध्यमले जनाएका छन्।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का साउथ च
February 28, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । धरानमा म्युजीक भिडियो छायांकनमा
February 28, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: