मुम्बई (एजेन्सी) ।
बलिउड अभिनेत्री कंगना रनौटले झाँसीकी रानीको भूमिका निभाएकी चलचित्र 'मणिकर्णिका' : द क्विन अफ 'झाँसी' को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा उनलाई अंग्रेज विरूद्ध लड्दै गरेको देखिन्छ । ट्रेलर तीन मिनेट उन्नाइस सेमेण्डको रहेको छ । पहिलो पटक लडाकु योद्धाको भूमिका निभाएकी कंगनाले यसमा आफ्नो भूमिका रियल देखाउनका लागि कडा मिहिनेत गरेकी छन् ।
कृष जगारला मुन्डीले निर्देशन गरेको चलचित्रमा ड्यानी, अंकिता लोखण्डे, सुरेश ओबेराय, कुलभूषण खरबन्दा मुख्य भूमिकामा रहेका छन् । लामो समयदेखि विवादमा रहेको यस चलचित्र कृष जगारला मुन्डीले बीचमा केही समय छोडेका थिए । त्यसबेला ४५ दिनको सेड्युलमा चलचित्रको ७० प्रतिशत भाग कंगनालेआफैंले निर्देशन गरेकी थिइन् ।उक्त कुराको जानकारी चलचित्रका निर्माता कमल जेनले दिएका छन् ।
video
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक प्रमोद खरेल र अन्जु पन्तको स्वरम
March 04, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । पर्दामा रुचाइएको जोडी आकाश श्रेष्ठ र
March 04, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: