मुम्बई (एजेन्सी) ।
बलिउडका चर्चित अभिनेता गोबिन्दा अर्जुन अजुहा एक समय दुई हप्तामा ४९ चलचित्र साइन गर्ने अभिनेता हुन् । तर आजभोली आफ्नो करियरलाई लिएर चिन्तित गोबिन्दा त्यो समयलाई पुनर्जिवित गर्नका लागि छटपटाइरहेका छन् ।
एक समय गोबिन्दाले शाहरुख खानको चलचित्र 'देवदास' र अनिल कपुरको 'ताल' जस्ता सार्वधिक हिट चलचित्र नकारेका थिए । ‘मलाई लाग्यो कि देवदास मेरो लागि होइन' आजतकसँगको कुराकानीको क्रममा उनले बताए । उनले थपे 'देवदासमा चुन्नीलालको भूमिका जब मलाई अफर गरियो तब मैले कास्टिङ डायरेक्टरलाई प्रश्न गरे के तपाईंले ममा त्यो चुन्नीलाल देख्नुभयो ? जसले रक्सी खुवाएर कसैको हत्या गरिदिन्छ ? यसकारण मैले चुन्नीलालको रोल अस्विकार गरेँ ।'
त्यस्तै चलचित्र तालमा पनि अनिल कपुरको भूमिका पहिला गोबिन्दालाई अफर गरिएको थियो । तर उक्त चलचित्रमा पनि गोबिन्दाले अस्विकार जनाए । तर गोबिन्दाका फ्यान फलोवर्सको लागी खुसीको कुरा यो छ की गोबिन्दा चलचित्र ‘रंगीला राजा’ लाई लिएर फेरी एकपटक बलिउडमा फर्किने भएका छन् । चलचित्रमा गोबिन्दाको दोहोरो भूमिका हुनेछ । जनवरी ११ मा रिलिज हुने ‘रंगीला राजा’ मा मिशिका चौरासिया गोबिन्दा को अपोजिट रोलमा देखिनेछिन् ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक प्रमोद खरेल र अन्जु पन्तको स्वरम
March 04, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । पर्दामा रुचाइएको जोडी आकाश श्रेष्ठ र
March 04, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: