रोहित शेट्टी: पुलिसको रोल हुदैँमा ‘सिम्बा’लाई ‘सिंघम’सँग कम्पेयर गर्न मिल्दैन

Posted on: December 27, 2018
मुम्बई (एजेन्सी) । 

केही समय अघि गीत र ट्रेलर सार्वजनिक गर्दै उच्च चर्चामा रहेको यस वर्षको बहुप्रतिक्षीत बलिउड चलचित्र ‘सिम्बा’ २८ डिसेम्बरबाट प्रदर्शनमा आउने तयारीमा छ । रोहित शेट्टीको निर्देशनमा बनेको उक्त चलचित्रमा रणवीर सिंह र सारा अली खान लिड रोलमा छन् ।

ट्रेलर हेरिसकेपछि कतिपय अडियन्सहरुले ‘सिम्बा’ र 'सिंघम’ झन्डै उस्तै चलचित्र हो कि भन्ने बनेको अनुमान गरेका छन् । तर निर्देशक रोहित शेट्टीले यि दुई चलचित्र उस्तै नभएको र दुई चलचित्रबीछ धेरै अन्तर रहेको बताएका छन्। उनी भन्छन् । ‘सिम्बा’पुरै इन्टरटेन्मेन्ट प्याकेज हो  । यसमा रोमान्स, डान्स, एक्सन, ड्रामा र थ्रिलर समावेश छ । कतिपयले ‘सिम्बा’लाई ‘सिंघम’सँग कम्पेयर गरिरहेका छन् । तर यि दुई बिल्कूल अलग चलचित्र हुन् । हो केही प्लट यस्तो पनि छ, जुन एक जस्तै देखिनेछ तर ‘सिम्बा’ यो विल्कुलै नयाँ स्टोरी हो।

यसै क्रममा उनले थपे 'हामीले यसअघि ‘सिंघम’ को प्रमोट गरिरहँदा  मानिसहरुले ‘सिंघम’ पनि 'दबंग' जस्तै लागिरहेको बताएका थिए ।’चलचित्रमा पुलिसको रोल हुने बित्तिकै 'सिंघम' र 'सिम्बा' उस्तै चलचित्र हुदैनन्। एक इमान्दार पुलिस अफिसरले सिंघम को पहिचान बताउथ्यिो भने सिम्बा भ्रष्ट प्रकारको छ । 'सिंघम' आफैमा सिंह हो भने सिम्बाको अर्थ सिंहको बच्चा हो त्सकारण हामीले चलचित्रको नाम ‘सिम्बा’ राखेका हौं । '

चलचित्र  सिम्बामा अभिनेता रणवीर सिंहलाई एक पुलिस अफिसरको भूमिकामा देख्न सकिन्छ । चलचित्रमा सानु सूड नेगेटिभ रोलमा प्रस्तुत छन् । करण जोहर र रोहितले निर्माण गरेको चलचित्र ‘सिम्बा’ तेलुगू चलचित्र 'टेम्पर' को आधिकारिक हिन्दी रिमेक हो । 'सिम्बा' रणवीर र रोहितको पहिलो सहकार्य हो ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]