मुम्बई (एजेन्सी) ।
बलिउड अभिनेता सलमान खानले २७ डिसेम्बर बुधबार आफ्नो ५३ औँ जन्मदिन मनाएका छन् । नेपालमा पनि लाखौं फ्यान बनाएका सलमानले जन्मदिनको अवसर पारेर आफ्नो फार्म हाउसमा भव्य पार्टी समेत दिएका थिए । उक्त पार्टीमा बलिउडका चर्चित कलाकारहरुको उपस्थिती थियो । कट्रिना कैफ, अनिल कपुर, सोनाक्षी सिन्हा, कृति सेनन, मौनी रोय, सोनाक्षी सिन्हा लगायतका कलाकार सलमानलाई जन्मदिनको शुभकामना दिन पुगेका थिए ।
सलमानले आफ्नो जन्मदिनको अवसरमा डान्स समेत गरेको भिडियो अहिले भाइरल भैरहेको छ । सलमानले सञ्चालन गर्दै आएको ‘विइङ ह्यूमन’ नामक संस्थाले समाजसेवामा पनि हात हाल्दै आएको छ । उनको प्रेम सम्बन्धले पनि उनलाई सधै चर्चामा राखेको छ । सलमान खानको प्रेम नायिका कट्रिना कैफसम्म पछिल्लो समय चलेको थियो ।
आजसम्म अविवाहित रहेका सलमान बलिउडमा हिट मेसिनको रुपमा चिनिएका छन् । भारत इन्दौरको कल्याणमल नर्सिङ २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा जन्मिएका सलमानलाई बलिउडका थुप्रै चलचित्रमा काम गर्दै जाँदा ‘प्रेम’, ‘सल्लू भाई’, ‘भाईजान’, ‘सुल्तान’ जस्ता उपनामले चिन्ने पनि गर्छन् । उनको वास्तविक नाम भने अब्दुल रशीद सलीम सलमान खान हो ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का साउथ च
February 28, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । धरानमा म्युजीक भिडियो छायांकनमा
February 28, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: