लोकप्रिय कलाकार कादर खान रहेनन् , शोकमा डुबे प्रशंसक

Posted on: January 01, 2019
मुम्बई (एजेन्सी) । 

बलिउडका हास्य कलाकार कादर खानको निधनको भएको छ । उनको निधन क्यानडामा ३१ डिसेम्बर साँझ भएको हो । उनको स्वास्थ्य अवस्था नाजुक भएपछि उनी  १६-१७ हप्तादेखि अस्तपालमा भर्ना भएका थिए । हाल  निधनको खबर फैलिएपछि उनका प्रशंसक शोकमा डुबेका छन् । खानको अन्तिम संस्कार क्यानडामै गरिने बताइएको छ ।

केशी दिन अघिदेखिनै कादर खानको निधनको हल्ला फैलिएको थियो । झूट खबर फैलिएपछि उनका छोरा सरफराजले बुवाको निधन भएको खबरको खण्डन गर्दै आफ्ना बुवाको अस्पतालमा उपचार भइरहेको जनाएका थिए । हाल भने  उनका छोरा सरफराज खानले निधनको पुष्टि गरेका छन्। खानले बलिउडमा हिट चलचित्र, ‘मुज्से सादी करोगी’, ‘जिना सिर्फ मेरे लिए’, ‘आखियो से गोली मारे’, ‘जौरुका गुलाम’ लगायतका ३ सयभन्दा बढी हिन्दी चलचित्रमा काम गरेका थिए । उनले अभिनय सँगसँगै  २ सय भन्दा बढी चलचित्रको पनि कथा लेखेका थिए । सिभिल इन्जिनियरङमा डिप्लोमा गरेका स्व: लोकप्रिय कलाकार कादर खानको जन्म २२ अक्टोबर १९३७ मा भएको थियो ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]