मुम्बई (एजेन्सी) ।
बलिउड चलचित्र ‘सिम्बा’ ले यतिबेला बक्सअफिसमा धामाका मच्चाइ रहेको छ । रोहित शेट्टीको निर्देशनमा बनेको चलचित्र 'सिम्बा'को आजसम्मको बक्सअफिस कलेक्सन २ सय करोड कल्बमा मा प्रवेश गरिसकेको छ । यसै क्रममा निर्माण टिमले सोमवार निर्माता करण जोहरको घरमा सक्सेस पार्टी राखेका थिए । २८ डिसेम्बरबाट प्रदर्शन आएको चलचित्रको सक्सेस पार्टीमा निकै कलाकारको उपस्थित रहेको थियो।
पार्टीमा काजोल देवगन र दीपिका पादुकोण स्पेसल गेस्ट बनेर पुगेका थिए भने रणवीर सिंहले सिम्बा स्टाइलमा इन्ट्री लिएका थिए । । ‘सिम्बा’ को सक्सेस पार्टीमा उपस्थित सबै कलाकारले एकसाथ रमाइलो गरेका थिए । पहिलो चलचित्र सँगसँगै आफ्नो दोस्रो चलचित्रको सफलताबाट सारा अली खान पनि निकै खुसी देखिएकी थिइन् ।
चलचित्रका सदस्यहरुले उक्त पार्टीको केही तस्बिर सार्वजनिक गरेका छन् । सार्वजनिक तस्बिरमा बलिउडका चर्चित कलाकारलाई देख्न सकिन्छ । एक फ्रेममा रोहित शेट्टीसँग रणवीर सिंह, अजय देवगन र अक्षय कुमार देखिएका छन् ।
चलचित्र ‘सिम्बा’ रोहितका लागि निकै खास रहेको उनले बताएका छन् । उनले हालै एकअन्तर्वार्तामा भनेका छन् । म आफूले यो स्थान बनाउन सफल हुनुको श्रेय अजय देवगनको रहेको छ । ‘सिम्बा’ पछि रोहित शेट्टीनयाँ प्रोजेक्ट सूर्यवंशी को तयारीमा रहेको बताएका छन् । उक्त चलचित्रमा अभिनेता अक्षय कुमार लिड रोलमा रहने छन् ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: