रणवीरकी दिदी रिद्धिमा कपूरले दिईन् रणवीर-आलियालाई बहुमूल्य उपहार

Posted on: January 12, 2019
मुम्बई , एजेन्सी ।

बलिउड फिल्म उद्योगमा अहिले बलिउडअभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको निकै चर्चा हुने गर्छ । गत बर्षदेखि नै यो जोडी एकअर्काको प्रेममा रमाउँदै आएका छन् । आलिया र रणवीर २०१९ जनवरी १ मा नयाँ वर्ष मनाउँन अमेरिकाको न्यूयोर्क पुगेका थिए । हाल भने उनीहरु भारत फर्किसकेका छन् ।


अलिया  भट्ट कपूर परिवारकासँग निकै रमाइलो गर्ने गर्छिन । रणवीरकी आमा नितु कपूरलाई पनि आलिया निकै मनपरेको उनी बताउँछिन् । परिवारसँग रमाइलो गरेको तस्विर नितुले सामाजिक संजालमा पोस्ट गरिरहन्छिन् । हरेक नितुले पोस्ट गरेको तस्विरमा अलियालाई पनि देख्न सकिन्छ । 


बलिउडमा हाल यो निकै चर्चाको विषय बनेको छ । यस अघिका रणवीरकी प्रेमीका दिपिका र कैट्ररिना कपूर परिवारकासाथ रमाइलो गरेपनि दिपिका र कैट्ररिना कहिले पनि कपुर परिवारको तस्विरको फेममा देखिएका थिएनन् । रणवीरकी आमा नितु कपुरले कट्रिना कैफलाई बुहारीको रुपमा स्वीकार गर्न नचाहेको भारतीय रिपोर्टसले जानकारी दिएका थिए । कट्रिनाले एक कार्यक्रममा रणवीरको परिवारसँग फोटो खिचाएकी थिइन् । उक्त फोटो बाट कट्रिनालाई क्रोप गरि हटाएर नतु कपुरले उक्त फोटो सामाजिक सन्जालमा पोस्ट गरिन् ।


यसबिषय बाट यो प्रष्ट हुन्छ कि रणवीर र आलिया दुवैका परिवारलेसमेत यस सम्बन्धलाई खुसीसाथ स्वीकार गरिसकेका छन् । रणवीर कपूरकी दिदी रिद्धिमा कपूर साहनीले भाइ रणवीर कपूर र उनकी प्रेमिका आलिया भट्टलाई सुनको औँठी उपहार स्वरुप दिएकी छिन् । औँठीमा आलिया र रणवीरको नामको पहिलो अक्षर ‘ए आर’ लेखिएको छ ।


आलिया र रणवीरले पनि यो औँठी खुसीसाथ स्वीकार गरिसकेका छन् । यसै वर्ष आलिया र रणवीर अभिनित चलचित्र प्रर्दशनमा  ‘ब्रम्हास्त्र’ आउँने छ । अयान मुखर्जीको निर्देशन रहेको चलचित्र ‘ब्रम्हास्त्र’ को सेट मै आलिया र रणवीर नजिकिएका थिए । उक्त चलचित्रबाट नै पहिलो पटक आलिया र रणवीर एकसाथ पर्दामा देखिने भएका छन् । यि दुईको प्रेम सम्बन्धले उनीहरुको फ्यानहरुका लागि चलचित्र ‘ब्रम्हास्त्र थप ’प्रतिलक्षित बनेको छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]