निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप

Posted on: January 14, 2019
मुम्बई , एजेन्सी ।

बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।'मुन्ना भाई एमबीबीएस', '३ इडियट्स' 'सञ्जू' र 'पिके' जस्ता बल्कबस्टर फिल्मका निर्देशक राजकुमार हिरानीमाथि उनकी असिस्टेन्ट रहेकी एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । पिडितले फिल्म ‘सञ्जू’ को काम भइरहेकै क्रममा करीब ६ महिनादेखि आफूमाथि हिरानीले यौन शोषण गर्दै आएको बताएकी छन्। 


पीडितका अनुसार ९ अप्रिल २०१८ मा हिरानीले पहिलो पटक कार्यालयमानै उनलाई दुर्व्यवहार गरको बताएकी छिन् । उनले फिल्म सञ्जुमा हिरानीसँगै काम गरेको दाबी गरेकी छिन् । ती महिलाले सन् २०१८ को मार्चदेखि सेप्टेम्बरसम्म आफू दुर्व्यवहारमा परेको बताएकी छिन् । जतिबेला फिल्म ‘सञ्जु’को काम भैरहेको थियो । 

तर हिरानीले भने आफूमाथि लागेको उक्त आरोपको झुटो भएको बताएका छन् । उक्त आरोपको बारेमा भने हिरानीले आफ्नो पक्षको एक स्टेटमेन्ट जारी गर्दै आफूलाई ती महिलाले फसाउन खोजेको बताएका छन् । उनले बयानमा लेखेका छन् 'यो दुर्भावनापूर्ण र नोक्सान पुर्‍याउने कहानी हो, जुन एक योजनाअनुसार फैलाइएको छ । मेरो साखलाई बर्बाद गर्ने षड्यन्त्र हो यो । ती महिलाले मलाई फसाउनका लागि यो सब गर्दैछिन् । त्यो आरोप मात्र हो त्यसमा सत्यता छैन ।'  



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]