'चलचित्रमा चुम्बन छ कि छैन भनेर सोधिने प्रश्नले हैरान बनाउँछ' : इमरान हाश्मी

Posted on: January 16, 2019
मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता इमरान हाश्मीको नाम सुन्ने वित्तिकै दर्शकको दिमागमा उनले चुम्बन गरेका चलचित्रको याद आउँछ । यसैले, इमरानलाई बलिउडका ‘सिरियल किसर’को उपमा समेत दिइएको छ । तर, नायक हाश्मीले बलिउडमा अन्य थुप्रै चलचित्रमा पनि काम गरेका छन्, जसमा उनको चुम्बनको दृश्य छैन । तर, पनि उनलाई मिडियासँगको कुराकानीमा यो प्रश्न सोध्न छाडिएको छैन ।


इमरानले यो प्रश्नले आफूलाई सबैभन्दा बढी दिक्क बनाउने बताएका छन् । उनलाई पत्रकारले सोधे–‘त्यस्तो एउटा कुन प्रश्न छ, जसले तपाइलाई दिक्क बनाउँछ ? यो प्रश्नको जवाफमा उनले चाडै नै दिएका थिए । उनले भने–‘मलाई यो चलचित्रमा पनि चुम्बन छ कि छैन भनेर सोधिने प्रश्नले हैरान बनाउँछ ।' मैले, थुप्रै चुम्बन नभएका चलचित्रमा काम गरेको छु । तर, यो प्रश्नको पछि मात्र मिडिया किन दौडिएको छ ?’


इमारनले अभिनय गरेको चलचित्र ‘चिट इन्डिया’ जनवरी २५ बाट रिलिज हुँदैछ । यो चलचित्रमा इमरनाले भ्रष्ट्रचारविरुद्ध काम गर्ने एक राष्ट्र सेवकको भूमिका निर्वाहा गरेका छन् ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]