बिवाहपछि दीपिकाले आफूमाथि तीन कुराहरुमा प्रतिबन्ध लगाएको खुलासा गर्दै रणवीर सिंह

Posted on: January 17, 2019
मुम्बई , एजेन्सी ।

लामो समयको प्रेमसम्बन्धलाई बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले नोभेम्बरमा बिवाहमा परिणत गरी सकेका छन्। यो जोडी बलिउड चलचित्र उद्योगकै सर्वाधिक चर्चित जोडी हो । यसैबीच दीपिकाले विवाहपछि रणवीर सिंहमाथि केही कुराहरुमा प्रतिबन्ध लगाएकी छिन् । यस अनुसार दीपिकाले रणवीर सिंहले परिवारका साथमा खाना खाएर मात्रै बाहिर निस्कने, समयमै घर फर्कनु पर्ने र दीपिकाले फोन गर्दा त्यो फोन रिसिभ गर्नु पर्ने नियम बनाएकी छिन् ।


२ महिनापछि अभिनेता रणवीर सिंहले फिल्मफेयरसँगको कुराकानीका क्रममा यसबारे खुलासा गरेका थिए । कुराकानीको क्रममा ठट्टा गर्दै यि तीन कुरा कुनै पनि हालतमा गर्न नसक्ने उनले बताएका छन् । रणवीरले कुराकानीकै क्रममा आफू उत्कृष्ट श्रीमान बन्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । अभिनेता रणवीर सिंह उनकी श्रीमती दीपिकालाई कुन हदसम्म माया गर्छन् भन्ने यस कुराबाट प्रष्ट हुन्छ । दीपिकाको अनुसार रणवीरले अरु काम बिर्सिए पनि यि तीन कुरा भने सधैं अनिवार्य याद राख्नु पर्नेछ ।






Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]