‘दबंग ३’ र ‘ब्रम्हास्त्र’ सँगसँगै

Posted on: January 21, 2019
मुम्बई , एजेन्सी ।

बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘भारत’ को छायाकंनको काम लगभग सकिसकेको छ । उक्त चलचित्र २०१९ जुन ५ मा रिलिज हुने भारतिय संचारमाध्यमले जनाएको छ । चलचित्र इदको अवसरमा रिलिज हुनेछ । सलमान अभिनित चलचित्र प्राय जसो कुनै चाडवाडकै मौकामा रिलिज भएको पाइएको छ । 

सलमान खानको अर्को चलचित्र ‘दबंग ३’ पनि यसै वर्षको क्रिसमसको अवसरमा रिलिज हुने बताइएको छ । समाचारका अनुसार सलमान खानको चलचित्र ‘दबंग ३’ र रणबिर कपूर अभिनित चलचित्र ‘ब्रम्हास्त्र’ एकसाथ प्रदर्शन हुनेछ । यस अनुसार वर्ष २०१९ मा सलमान खान र रणबिर कपूरबीच चलचित्रका माध्यमबाट भिडन्त हुनेछ ।

सलमान खानका भाइ अरबाज खानले बताए अनुसार चलचित्र ‘दबंग ३’ को छायाकंनको काम अप्रिल महिनादेखि सुरु हुनेछ । ‘दबंग ३’ लोकेसन फाईनल भइसकेको छैन तर स्क्रिप्ट भने फाइनल भइसकेको छ । चलचित्रमा सलमान खानका साथै अभिनेत्री सोनाक्षी सिन्हा, माही गिललगायतको अभिनय रहने छ । यस चलचित्रको छायाकंन भने प्रभु देवाले गर्ने बताइएको छ । 

यता अभिनेता रणबिर कपूर पनि चलचित्र ‘ब्रम्हास्त्र’ को छायाकंनमा व्यस्त छन् । चलचित्रमा अभिनेता रणबिर कपूरका साथै आलिया भट्ट, अमिताभ बच्चन र मौनी रोयको पनि प्रमुख भूमिका रहेको छ । चलचित्र ‘ब्रम्हास्त्र’ ३ भागमा बन्नेछ । निर्देशन अयान मुखर्जीले निर्देशन गर्ने उक्त चलचित्रमा उनि आफ्नी प्रेमिका आलिया भट्ट सँग जोडी बाँध्दै छन् । यि दुइले पहिलोपटक एक साथ स्क्रिन शेयर गर्दै छन् । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]