आमिर र शाहरुखले अस्वीकार गरेको फिल्म सुशान्तलाई अफर

Posted on: January 27, 2019
मुम्बई , एजेन्सी ।

पछिल्लो समय देखि राकेश शर्माको जीवनमा आधारित बायोपिक चलचित्र ‘सारे जहाँ से अच्छा’अभिनेताका कारण निकै चर्चाको बिषय बनेको छ ।  निकै समय अघि चलचित्र निर्माताहरुले ‘सारे जहाँ से अच्छा’ को लागि अभिनेता आमिर खानलाई चुनेका थिए । तर आमिरले आफ्नो व्यस्तताका कारण समय दिन नसक्ने भन्दै शाहरुखलाई यो चलचित्र गर्न भनेका थिए। शाहरुखले पनि आमिरको प्रस्ताव स्वीकार गर्दै चलचित्रमा काम गर्न राजी भएका थिए ।


यसै शिलशिलामा शाहरुख पनि साथी आमिरले आफूलाई यस चलचित्रमा काम गर्ने अवसर दिएकोमा आफू कृतज्ञ भएको भन्दै आमिरलाई धन्यवादसमेत दिएका थिए । अन्तरिक्षमा पुग्ने पहिलो भारतीय नागरिकको बायोपिकमा काम गर्न लागेको जानकारी शाहरुख आफैले दिएका थिए । यो चलचित्रमा पनि भीएफएक्समा बढी काम गर्नुपर्ने पक्का थियो ।तर शाहरुख खानले पनि यो चलचित्र नगर्ने घोषणा गरिसकेका छन् । उनले चलचित्र छोडेपछि अहिले चलचित्रका निर्माताहरु अरु नै अभिनेताको खोजीमा लागेका थिए ।


यस चलचित्रबाट आमिर खान र शाहरुख खान दुवैजना बाहिरिसकेका छन् । बताइए अनुसार हाल उक्त चलचित्रकालागी अभिनेता सुशान्त सिह राजपुतलाई अफर गरिएको छ ।  अहिले सार्वजनिक खबरहरुका अनुसार  चलचित्र निर्माताहरुले चलचित्रकालागी सुशान्तलाई आग्रह गरिरहेका छन् । तर सुशान्त पनि चलचित्रको खोजीमा थिए । यस अघि उनले चलचित्र  ‘चन्दा मामा दूर के’ गर्ने खबरहरु सार्वजनिक भएका थिए । तर केही आन्तरिक मामला नमिलेपछि उक्त चलचित्र रोकिएको छ । यसरी उनले  सुशान्तले चलचित्रको खाजी गरिरहेको बेला यस चलचित्रको अफर स्वीर्काछन् भन्ने बिश्वास गर्न सकिन्छ । 

यस चलचित्रको अभिनेता लगभग  टुंगो लागेपनि अभिनेत्रीको अहिलेसम्म टुंगो लागिसकेको छैन । समाचारका अनुसार चलचित्रमा अभिनेत्री करीना कपूर खान र भूमि पेडनेकरको नाम चर्चामा रहेको छ । तर ठेट टुंगो भने लागेको छैन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]