सलमानको पछाडि ५०० कोरस

Posted on: April 04, 2019
मुम्बई , एजेन्सी ।

बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने चलचित्र ‘दबंग ३’को छायाँकन भइरहेको छ । चलचित्रमा समावेश गीत छायांकन भइरहेको निर्माण टिमले जानकारी दिएको छ । बलिउड हंगामाका अनुसार यतिखेर निर्माण टिम फिल्मको शीर्ष गीत छायाँकन गर्ने तयारीमा छन् । गीतमा सलमानको पछाडी ५ सय कोरसहरु समावेश रहनेछन् । गीतलाई १३ दिन लगाएर छायाँकन गरिने बताइएको छ ।


त्यसपछि फिल्मको छायाँकन महाराष्ट्रमा ८० दिन हुनेछ । निर्माण टिम आगामी डिसेम्बरमा फिल्म प्रदर्शन गर्ने तयारीमा छन् । प्रिक्वेलमा भन्दा तेस्रो संस्करणको कथा पनि फरक रहने टिमले जनाएको छ ।

  




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]