बलिउडका विक्की कौशल घाइते, टाउकोमा १३ वटा टाका

Posted on: April 22, 2019
मुम्बई (एजेन्सी) ।

पछिल्लो समय 'उरी' जस्तो सुपरहिट चलचित्र दिएका बलिउड नायक विक्की कौशल घाइते भएका छन् । एक हरर चलचित्रको एक्शन दृश्यको छायांकनको क्रममा कौशल घाइते भएका हुन् । उनको टाउको माथि ढोका खसेको थियो । विक्कीको टाउकोमा १३ वटा टाका लगाइएको छ ।

भानु प्रताप सिंहको निर्देशनमा निर्माण भइरहेको यो चलचित्रमा विक्कीको साथमा नायिका भूमी पेडनेकरको मुख्य भूमिका छ । यो चलचित्रको पहिलो सेड्यूलको छायांकन मुम्बइमा सकिएको छ । अहिले चलचित्रको छायांकन गुजरातमा भैरहेको छ । विक्कीको ब्यस्तता चलचित्र ‘सञ्जु र उरी’को सफलतापछि अझ बढको छ ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]