मुम्बई/(एजेन्सी)।
आफ्नो अभद्र हरकतले प्राय जसो बिवादमा आइरहँने बलिउड अभिनेत्री कंगना रनौट फेरी बिवादमा फसेकी छिन् । आगामी चलचित्र 'जजमेन्टल है क्या'को गीत सार्वजनिक समारोहमा उनले संचारकर्मीसँग अभद्र व्यवहार गरेको बलिउडमा आहिले चर्चाको बिषय बनेको छ। भारतीय मिडियाले अभद्र व्यवहार खप्न परेको संचारकर्मीलाई कंगनाले माफी माग्नुपर्ने माग गरेका छन्। अहिले सामाजिक संजालमा विभिन्न टिप्पणी चलिरहेको छ। अडियन्सहरुले भने कंगनाको पक्ष र विपक्षमा बोलिरहेका छन्। मिडियामाथि कंगनाले पछिल्लो समय उनी अभिनित चलचित्र 'मणिकर्णिकाः द क्वीन अफ झाँसी'को नभएका नकारात्मक समाचार फैलाई चलचित्रमाथि नकारात्मक टिप्पणी गरेको आरोप लगाएकी थिइन्। उनले पत्रकारले प्रतिवाद गरेपछि दईबीच चर्काचर्की बढन थाल्यो। बिवादलाई शान्त बनाउन कार्यक्रममा उपस्थ्ति कलकारहरुले कंगनालाई सम्हालेका थिए ।
सामाजिक संजाल प्रयोगकर्ताहरूको एक समूहले कंगनाको व्यवहारको बिरोध गर्दै यस्तो तमिज नभएका कलाकारलाई बहिष्कार गरिनुपर्ने बताएका छन् । बिरामी मानसिक्ता कारण कंगनाले यस्तो हरकत गरेको उनलाई इलाजको सकत जरुरत परेको बताएका छन् । कंगनाले मिडियालाई माफी माग्नै पर्ने बताएका छन्। यदी उनी माफी माग्ने हैसियत राख्दिनन् भने उनलाई कलाकारीता क्षेत्रबाटै बहिष्कार गरिनुपर्ने सामाजिक संजाल प्रयोगकर्ताले बताएका छन्। एकतर्फी सामाजिक संजाल प्रयोगकर्ताहरूले भने मिडियाले 'नबुझी समाचार सम्प्रेसण गर्न हुने र कलाकारहरुको निजी जीवनमा ठोस पुर्याउँदा हुने अनि सानो टिप्पणी खप्न जसक्ने यस्ता पनि मिडिया हुन्छ' भन्दै मिडियाको ध्वज्जी उडाउँदै कंगनाको पक्षमा आवाज उठाएका छन्।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का साउथ च
February 28, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । धरानमा म्युजीक भिडियो छायांकनमा
February 28, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: