मुम्बई/(एजेन्सी)।
बलिउडकी नायिका कंगना रनौतले केहिदिन अघि पत्रकारसँग झगडा गरेकी थिइन्। चलचित्र ‘जजमेन्टल हे क्या’ को एउटा गीत सार्वजनिक गर्ने कार्यक्रममा जस्टिन राव नामका पत्रकारसँग करिब साढे ६ मिनेटसम्म पत्रकारसँग झगडा गरेकी थिइन् ।
कंगनाको यस्तो व्यवहारको निकै आलोचना भइरहेको छ र मिडियाले उनीसँग माफीको माग गरिरहेका छन् तर कंगनाकी बहिनी रंगोली चन्देलले ट्वीटरमा मिडियाले उनीबारे भए नभएको कुरा लेखेको भन्दै कंगनाले कुनै पनि हालतमा माफी नमाग्ने स्पष्टिकरण दिएकी छिन्। रंगोलीले ट्वीटरमा लेखिन्, ‘एउटा कुराको वचन दिन्छु, कंगनाबाट माफी पाउने छैनौ । यी बिकाउ, नाङ्गा, देशका दलाल मिडियामा काम गर्नेहरुलाई, तर कंगनाले तिमीहरुलाई धोएरै सिधा बनाउनेछिन् । हेर्दै जाउ, तिमीहरुले गलत व्यक्तिसँग माफीको माग गरेका छौ।’ पत्रकार सम्मेलनमा कंगनाले पत्रकारले आफ्नो बारेमा नराम्रो लेखेको भन्दै गाली गरेकी थिइन्। जस्टिनले कंगनाविरुद्ध गलत कुराहरु लेखिरहेको कंगनाको आरोप थियो । उनले मणिकर्णिकाको रिलिजको क्रममा पनि फिल्मबारे भए नभएका कुरा लेखेको भन्दै कंगनाले रिस फेरेकी थिइन्।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक प्रमोद खरेल र अन्जु पन्तको स्वरम
March 04, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । पर्दामा रुचाइएको जोडी आकाश श्रेष्ठ र
March 04, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: