मुम्बई/(एजेन्सी)।
साउथ सुपरस्टार प्रभाससँग बलिउड चलचित्र ‘साहो'मा रोमान्स गरेकी श्रद्धा कपूरको यतिबेला बलिउड सिनेवृतमा सर्वत्र चर्चा चुलिएको छ। चर्चा चसलिनुको कारण ‘साहो मात्र नभएर उनको नेपाली युवक रोहन श्रेष्ठसँगको रिलेशनशीप पनि हो। रोहन र श्रद्धाको प्रेम केही समयअघिनै उच्च उत्कर्षमा पुगेर पछि सेलाएको थियो। कुनैबेला श्रद्धा र रोहनको बिवाह हुने सम्भावनाले बलिउडसँगै नेपाली सिने क्षेत्रपनि निकै तातेको थियो। पछि श्रद्धाका बुबा शक्ति कपूर लगायत अन्य उनका पारिवारिक स्रोतले यस कुराको खण्डन गरेपछि बिवाह हुने चर्चा सेलाएको थियो। शक्ति कपूरले उक्त कुरालाई अस्विकार गर्दै श्रद्धाले अझैँ ४-५ वर्ष बिवाह गर्ने कुनै चाहाना नराखेको दाबी गरेका थिए। यतिबेला फेरी रोहन र श्रद्धाको बिवाहको सम्भावना उच्च रहेको खबर सार्वजनिक भएको छ। अर्को अंग्रेजी बर्षमा उनीहरुको बिवाह हुने बताइएको छ ।
केही भारतका मिडियाहरुले फट्टफुट्ट यस बिषयको जानकारी दिएका हुन्। बताइए अनुसार श्रद्धा लामो समयदेखि रोहनसँग रिलेनशिपमा रहेको र बिवाह समेत गर्ने सुरसारमा रहेको सर्वत्र चर्चा छ। स्रोतका अनुसार श्रद्धा र रोहन सन् २०२० को कुनै महिना छानेर बिवाह बन्धनमा बाँधिदैछन्। अब भने उनहिरुले आफ्नो रिलेशनशीपलाई आधिकारिता दिदैँ बिवाहमा परिणत गर्ने भएका छन्। तर श्रद्धा र रोहनको बिवाहको औपचारिकताका बारेमा हालसम्म आधिकारिक पुष्टि भैसकेको छैन। नेपालका छोरा रोहन श्रेष्ठ बलिउडका स्थापित फोटोग्राफर हुन्। रोहनले बलिउडका प्रायः सबै सेलिब्रेटीहरुको फोटोसेसन गरिसकेका छन्। रोहन बुबा राकेश श्रेष्ठ पनि बलिउडका स्थापित फोटोग्राफर हुन्। सामाजिक सञ्जालमा रोहन र श्रद्धाले आफूहरुको थुप्रै तस्बिरहरु सेयरगर्दै आएका छन्। श्रद्धा अभिनित बहुप्रतिक्षित चलचित्र अगष्ट १५मा दिन प्रदर्शनमा आउँदै छ। चलचित्रमा श्रद्धा र बाहुबली सुपरस्टार प्रभासका अलवा ज्याकी श्राफ, मन्दिरा बेदी, महेश मंजरेकर,नील नितिन मुकेह,चंकी पाण्डे, लगायतको अभिनय रहेको छ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक प्रमोद खरेल र अन्जु पन्तको स्वरम
March 04, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । पर्दामा रुचाइएको जोडी आकाश श्रेष्ठ र
March 04, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: